नेपालमा दलतन्त्र छ– अध्यक्ष प्रभु साह

वीरगंज, १९ चैत । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा लोकतन्त्र, गणतन्त्र नभई दलतन्त्र रहेको बताएका छन् । वीरगंजमा सोमवार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष साहले वीरगंजलाई आर्थिक राजधानी घोषणाको माग गरे । उनले सुरक्षा दिन नसक्ने सरकारको अब के काम भन्दै अहिलेको सरकार गैरजिम्मेवार रहेको आरोप लगाए । उनले सरकार संकटमा रहेको भन्दै आफ्नो मूल्यांकन गर्दा सरकार फेल भएको जिकिर गरे । छिमेकी मुलुक भारतसँग दुर्ईतिहाई आर्थिक कारोवार हुने गरेको भएपनि भारतसँगको राजनीतिक, कुटनीतिक र आर्थिक कुनैपनि सम्बन्ध राम्रो नरहेको बताए । अध्यक्ष साहले राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । पूर्वमन्त्री समेत रहेको साहले मधेसवादी दलका नेताहरूको दोहोरो चरित्रका कारण मधेस उजाड बन्दै गइरहेको टिप्पणी गरेका छन् । मधेसवादी दलका नेताहरू सरकारमा भए पनि मधेसका लागि काम नगरेको आरोप उनले लगाए । ‘यस्तै मधेस प्रदेश सरकारले समेत मधेसका लागि केही गर्न नसकेको उनले बताए । विभिन्न बहाना बनाएर सत्तामा टाँसिरहने र सत्ताबाट हटेपछि यो भएन, त्यो भएन भन्दै यिनीहरू नाटक गर्न मात्रै जानेको उनले बताए । लुटकारी दलाल दलतन्त्रका कारण मुलुक बर्बाद भईरहेको बताउदै आजपा अध्यक्ष साहले नेताहरूको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन आवश्यक भएको बताए । उनले आम जनताको शासन व्यवस्थाका लागि तेस्रो जनआन्दोलन सफल बनाउनुपर्ने बताए । लुटकारी दलतन्त्र बिरूद्ध २४ चैतमा काठमाडौंमा हुने तेस्रो जनआन्दोलनको तयारीका लागि रौतहट, बारा र पर्सामा आयोजित कार्यक्रमका लागि मधेस झरेका साहले भ्रष्ट, लुटेरा, दलाल नेताहरूका कारण मुलुक समृद्ध नभएको बताउदै तेस्रो जनआन्दोलनमा सहभागीताका लागि आहवान समेत गरे ।

Live

Listen Live FM

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ, एक फरार

बैशाख २८, वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले जबरजस्ती करणीको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । बाराको प्रसौनी.....

सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागुऔषध बरामद

वीरगंज, ६ जेठ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। भारतबाट.....

शिक्षकको पारिश्रमिक व्यवस्थापनको लागि मनोज ग्याँसद्वारा आर्थिक सहयोग

वीरगंज, ८ जेष्ठ । मनोज ग्याँस उद्योग प्रालिले सखुवा प्रसौनी गाउँपालिका–५ स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालय,.....

वीरगंज महानगरको जनसम्पर्क सल्लाहकारमा मिश्र

वीरगंज, ०८ जेठ । वीरगंज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्क सल्लाहकारमा निरन्जन मिश्रलाई नियुक्त गरेको छ । बिहीवार महानगर प्रमुख राजेशमान.....