ठाराब स्ववियु निर्वाचनमा राजकुमार यादव विजयी

वीरगंज, १४ चैत । ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षपछि सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा राजकुमार यादव विजयी भएका छन् । लामो विवाद र तनावपछि बुधवारदेखि पुनः शुरू भएको मतगणनाको अन्तिम परिणाम अनुसार यादव नेतृत्वको समूहले निर्णायक जित हासिल गरेको हो। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट असन्तुष्ट हुँदै स्वतन्त्र नेपाल विद्यार्थी समूह बनाएर निर्वाचनमा भाग लिएका यादवले नेविसंघकै आधिकारिक उम्मेदवार विकास मण्डल धानुकलाई ४६२ मतको फराकिलो अन्तरले पराजित गरे । निर्वाचन अधिकृत दिलीप कुमार सिंहका अनुसार, यादवले १,११५ मत प्राप्त गर्दा धानुकले केवल ६५३ मतमा सीमित रहे । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियनका हरि किशोर यादवले ५६२ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे भने सुधीर पटेल समूहका कमलेश कुमार यादव ४५० मतसहित चौथो स्थानमा रहे। ठाकुरराम क्याम्पसमा कूल १०,७२९ मतदातामध्ये ४,२९९ विद्यार्थीले मतदान गरेका थिए । राजकुमार यादवको जितले नेवि संघभित्रको आन्तरिक असन्तोष र विद्यार्थीहरूमा देखिएको नयाँ धारको समर्थनलाई पुष्टि गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन ।

Live

Listen Live FM

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक.....

वीरगंजमा पानीको हाहाकारः महानगरपालिकाद्वारा ट्याङ्करमार्फत पानीको आपूर्ति शुरू

वीरगंज, २४ असार । वीरगंजमा पानीको चरम अभाव देखिएपछि वीरगंज महानगरपालिकाले ट्याङ्कर र ट्याङ्कीमार्फत पानी वितरण शुरू गरेको छ ।.....

जनमत पार्टीद्वारा तीनवटै तहका सरकारसंग पानी माग

वीरगंज, २५ असार । महिला जनमत संघ पर्साले आज वीरगंजको घन्टाघरमा जल सत्याग्रह कार्यक्रम गरेको छ । ‘पानी देउ या.....

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा.....

चित्रगुप्त समितिको अक्षयकोषमा ५ लाख सहयोग

वीरगंज, ७ साउन । गरीब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका एक चित्रांश.....