स्ववियू निर्वाचनको मतगणना सुचारू गर्न अधिकांश राजनीतिक दलहरूको एकमत

वीरगंज, १२ चैत । ठाकुर राम क्याम्पस वीरगंजमा सम्पन्न स्ववियू निर्वाचनको रोकिएको मतगणना सुचारू हुनुपर्ने पर्साका अधिकांस राजनीतिक दलहरू एकमत भएका छन ।
आज जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा आयोजना गरेको सर्वदलीय बैठकमा ठाकुरराम क्याम्पसमा रोकिएको मतगणना सुचारू हुनुपर्नेमा पर्साका राजनीतिक दलहरूले जोड दिएका हुन् ।
बैठकले फर्जी शैक्षिक प्रमाणपत्रको आधारमा विद्यार्थी भर्ना गर्ने गिरोहलाई कारबाही गरी मतपेटिकाको नम्बर परिवर्तनको विषयमा सत्यतथ्य सार्बजनिक गरेर मतगणना सुचारू हुनु पर्नेमा सबै पार्टी प्रतिनिधिहरू एकमत भएको बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा सभापति हरि पन्तले बताए । बाकसमा खसेको मतको ससम्मान गन्ती हुनुपर्नेमा कसैको फरक मत नरहेको पन्तले बताए ।
बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दोषी देखिएका जोकोहीलाई कारबाही गर्न प्रशासन पछि नपर्ने बताए । उनले फर्जी प्रमाणपत्रको आधारमा विद्यार्थी भर्नाको जडसम्मै पुगेर निर्मम रूपमा कारबाही अगाडि बढाइने बताए । मतपेटिका सुरक्षाका बिषयमा पर्सा प्रहरी प्रमुख गौतम मिश्र र सशस्त्र प्रहरी १३ न गण का गणपती राधेश्याम धिमालले कुनै पनि किसिमको गम्भीर त्रुटि नरहेको स्पष्ट पारे ।
बैठकमा एमाले पर्सा अध्यक्ष डा विश्वम्भर शर्माले सबैले आआफ्नो भातृ संगठनहरूलाइ यस बिषयमा आफुहरूले प्रष्ट पार्ने बताए ।
बैठकमा नेपाली कांग्रेसका प्रवक्ता रमेश पाण्डे, नेता नवीन सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति हरि पन्त, जसपाका सिगासन साह तेली, तबरेज अहमद, माओवादीका प्रभाकर गुप्ता, समाजवादीका मनोज चौधरी लगायत नेताहरूको उपस्थिति थियो ।

Live

Listen Live FM

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक.....

वीरगंजमा पानीको हाहाकारः महानगरपालिकाद्वारा ट्याङ्करमार्फत पानीको आपूर्ति शुरू

वीरगंज, २४ असार । वीरगंजमा पानीको चरम अभाव देखिएपछि वीरगंज महानगरपालिकाले ट्याङ्कर र ट्याङ्कीमार्फत पानी वितरण शुरू गरेको छ ।.....

जनमत पार्टीद्वारा तीनवटै तहका सरकारसंग पानी माग

वीरगंज, २५ असार । महिला जनमत संघ पर्साले आज वीरगंजको घन्टाघरमा जल सत्याग्रह कार्यक्रम गरेको छ । ‘पानी देउ या.....

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा.....