ग्लोबल मनी वीक २०२५ को अवसरमा -याली

वीरगंज, ९ चैत । ग्लोबल मनी वीक २०२५ को अवसरमा शनिवार वीरगंजमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले संयुक्त रूपमा -याली आयोजना गरेका छन् ।
माइस्थान प्रांगणबाट शुरू भएको -याली घण्टाघर पुगेपछि औपचारिक कार्यक्रम सहित सम्पन्न भएको थियो। -यालीमा कर्पाेरेट डेभलपमेन्ट बैंक, सांग्रिला विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, मञ्जुश्री फाइनान्स लगायतका बैंक तथा वित्तीय संस्थाहरूको सहभागीता रहेको थियो। कार्यक्रममा कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ को समेत उपस्थिति रहेको थियो।
ग्लोबल मनी वीकवारे जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका प्रदेश प्रमुख राजेश कुमार गुप्ताले यो एक वार्षिक कार्यक्रम भएको बताए । यस कार्यक्रमले बालबालिका, युवा तथा व्यवसायिक समुदायलाई वित्तीय साक्षरतावारे शिक्षित गर्ने उद्देश्य राख्छ। प्रत्येक वर्ष मार्च महिनामा मनाइने यो अभियानमा बचत, बजेट निर्माण, लगानी तथा ऋण व्यवस्थापन जस्ता महŒवपूर्ण वित्तीय विषयहरूमा कार्यशाला, विद्यालय कार्यक्रम र सामुदायिक कार्यक्रमहरू सञ्चालन गरिन्छ। यसको मुख्य उद्देश्य वित्तीय निर्णय क्षमताको विकास गर्दै दीर्घकालीन आर्थिक स्थिरता निर्माण गर्नु रहेको छ।
ग्लोबल मनी वीकले प्रत्येक वर्ष नयाँ विषयवस्तु समेट्दै वित्तीय समावेशीकरणलाई प्राथमिकता दिने नीति अवलम्बन गर्छ। यस वर्षको कार्यक्रमले वित्तीय साक्षरताको महत्वलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

Live

Listen Live FM

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ, एक फरार

बैशाख २८, वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले जबरजस्ती करणीको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । बाराको प्रसौनी.....

सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागुऔषध बरामद

वीरगंज, ६ जेठ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। भारतबाट.....

शिक्षकको पारिश्रमिक व्यवस्थापनको लागि मनोज ग्याँसद्वारा आर्थिक सहयोग

वीरगंज, ८ जेष्ठ । मनोज ग्याँस उद्योग प्रालिले सखुवा प्रसौनी गाउँपालिका–५ स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालय,.....

वीरगंज महानगरको जनसम्पर्क सल्लाहकारमा मिश्र

वीरगंज, ०८ जेठ । वीरगंज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्क सल्लाहकारमा निरन्जन मिश्रलाई नियुक्त गरेको छ । बिहीवार महानगर प्रमुख राजेशमान.....