रमदानमा वीरगंज महानगरद्वारा इफ्तारको आयोजना

वीरगंज, ८ चैत । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदानको उपलक्ष्यमा वीरगंज महानगरपालिकाले शुक्रवार इफ्तार आयोजना गरेको छ । आपसी भाईचारा अभिबृद्धि हेतु महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कमा शुक्रवार साँझ इफ्तार आयोजना गरेको हो । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आपसी सद्भाव र धार्मीक सहीष्णुता कायम राख्न मुस्लिमहरूको मुख्य पर्व रमजानको उपलक्ष्यमा इफ्तार आयोजना गरिएको बताउनु भयो । इफ्तार कार्यक्रममा महानगरका उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वीरगंजका ३२ वटै वडाका मुस्लिम समुदायका व्यक्तिहरूको उल्लेख्य सहभागीता रहेको थियो ।

Live

Listen Live FM

सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्न नेपाली सेनाको अनुरोध

काठमाडौँ, २४ भदौ : नेपाली सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित.....