अपाङ्गहरुलाई १४ थान हिवलचेयर सहयोग

वीरगंज, २६ फागुन । केडिया आँखा अस्पताल परवानीपुरले ५०औ वार्षिकोत्सवको अवसरमा बारा जिल्लाको विभिन्न पालिकामा रहेका १४ जना अपाङ्ग व्यक्तिहरूलाई १४ वटा हिवलचेयर र एक थान स्ट्रेचर घरमा पुगेर प्रदान गरेको छ ।
कलैया उमनपा का ३ जना, महागढीमाई नपाको २ जना, सिम्रौनगढ नपाको १ जना र आदर्श कोतवाल गापाको ८ जनालाई हिवल चेयर र आदर्श कोतवाल गापा निवासी अपाङ्ग महासंघ सदस्य सुनिल कुमार यादवलाई स्ट्रेचर प्रदान गरिएको थियो ।
सामाजिक अभियन्ता प्रकाश थारूको पहलमा शारीरिक अपाङ्गता भएको व्यक्तिहरूको घरघरमा पुगेर हिवलचेयर उपलब्ध गराइएको बताइन्छ । केडिया आँखा अस्पतालको प्रतिनिधि भरत ठाकुर, सुशील पटेल, सामाजिक अभियन्ता प्रकाश थारू, अपांग महासंघका सदस्य सुनिलकुमार यादव, प्रहरी नायब निरीक्षक तुलसी पोख्रेल, वडाध्यक्ष जवाहीर, मिथिला सारथि समाजको कोषाध्यक्ष जितेन्द्र पटेललगायतको उपस्थितिमा ह्विल चेयर तथा स्ट्रेचर हस्तान्तरण गरिएको थियो ।

Live

Listen Live FM

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ, एक फरार

बैशाख २८, वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले जबरजस्ती करणीको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । बाराको प्रसौनी.....

सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागुऔषध बरामद

वीरगंज, ६ जेठ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। भारतबाट.....

शिक्षकको पारिश्रमिक व्यवस्थापनको लागि मनोज ग्याँसद्वारा आर्थिक सहयोग

वीरगंज, ८ जेष्ठ । मनोज ग्याँस उद्योग प्रालिले सखुवा प्रसौनी गाउँपालिका–५ स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालय,.....

वीरगंज महानगरको जनसम्पर्क सल्लाहकारमा मिश्र

वीरगंज, ०८ जेठ । वीरगंज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्क सल्लाहकारमा निरन्जन मिश्रलाई नियुक्त गरेको छ । बिहीवार महानगर प्रमुख राजेशमान.....