वीरगंज गोल्डकपको उपाधि पुलिस क्लबले उचाल्यो

वीरगंज, २४ फागुन । नेपाल पुलिस क्लबले दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । वीरगंज आदर्शनगर रंगशालामा सम्पन्न मधेश प्रदेशकै सर्वाधिक पुरस्कार राशीको यस गोल्डकपमा मछिन्द्र क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिस क्लबले उपाधि उचालेको हो ।
निर्धारित समयसम्म दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १–१ गोलको बराबरी खेलेका थिए तर टाइब्रेकरको पेनाल्टी सुटआउटमा मछिन्द्र क्लबका खेलाडीले लगातार तीन पेनाल्टी गुमाएपछि पुलिस क्लबले सहज जित दर्ता गर्याे ।
विजेता बनेको नेपाल पुलिस क्लबले ११ लाख ११ हजार एक सय एघार रुपियाँँ नगद र ट्रफी प्राप्त गरेको छ भने उपविजेता मछिन्द्र क्लबले ५ लाख ५५ हजार पाँच सय ५५ रुपियाँँ नगद र ट्रफी प्राप्त गरेको छ ।
विजेता टोलीलाई पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र प्रतियोगिताका मुख्य प्रायोजक वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले संयुक्त रूपमा ट्रफी तथा नगद पुरस्कार प्रदान गरेका थिए । उपविजेता टोलीलाई पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले ट्रफी तथा नगद पुरस्कार प्रदान गरे।
उत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका राम वागे, जसले स्कुटी प्राप्त गरे। उत्कृष्ट गोलकिपर नेपाल पुलिस क्लबका अमित टमाटा, जसलाई २० हजार रुपियाँँ नगद दिइयो।उत्कृष्ट प्रशिक्षक नेपाल पुलिस क्लबका चेतन घिमिरे, जसलाई पनि २० हजार रुपियाँँ नगद प्रदान गरियो। म्यान अफ द म्याच – मछिनद्र क्लबका समिर राज ठोकर घोषित भए । प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले जनाएको छ।

Live

Listen Live FM

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक.....

वीरगंजमा पानीको हाहाकारः महानगरपालिकाद्वारा ट्याङ्करमार्फत पानीको आपूर्ति शुरू

वीरगंज, २४ असार । वीरगंजमा पानीको चरम अभाव देखिएपछि वीरगंज महानगरपालिकाले ट्याङ्कर र ट्याङ्कीमार्फत पानी वितरण शुरू गरेको छ ।.....

जनमत पार्टीद्वारा तीनवटै तहका सरकारसंग पानी माग

वीरगंज, २५ असार । महिला जनमत संघ पर्साले आज वीरगंजको घन्टाघरमा जल सत्याग्रह कार्यक्रम गरेको छ । ‘पानी देउ या.....

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा.....

चित्रगुप्त समितिको अक्षयकोषमा ५ लाख सहयोग

वीरगंज, ७ साउन । गरीब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका एक चित्रांश.....