मानव बेचबिखनको आरोपमा पक्राउ परेका दुईजना पुर्पक्षको लागि जेल चलान

वीरगंज, २२ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखन कार्यमा सलंग्न रहेको आरोपमा पक्राउ परेका दुई जना प्रतिवादीहरूलाई आज पुर्पक्षका लागि कारागार चलान गरेको जनाएको छ ।
फागुन १ गते वीरगंज महानगरपालिका वडा नं.१५ स्थित होटलहरूमा चेकजाँच गर्ने क्रममा प्रहरीले वेश्यावृत्तिमा महिलाहरुलाई संलग्न गराएको आरोपमा वीरगंज महानगरपालिका वडा नं.१६ बस्ने वर्ष ४५ को गिनीलाल गुप्ता र भारत, विहार जिल्ला पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर वडा नं.६ बस्ने वर्ष ४० को जय प्रकाश साहलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
उनीहरुले राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई बेश्याबृत्तिमा संलग्न गराइरहेको अवस्थामा होटल स्मार्टबाट २ जना र न्यू शान्ति सैनिक होटलबाट २ जना गरी चार जना महिलाहरूको उद्धार गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका साह र गुप्तालाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा अनुसन्धान पश्चात पर्सा जिल्ला अदालतको आदेशमा आज पुर्पक्षको लागि वीरगंज कारागार पठाएको जिप्रका, पर्साले जनाएको छ ।

Live

Listen Live FM

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ, एक फरार

बैशाख २८, वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले जबरजस्ती करणीको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । बाराको प्रसौनी.....

सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागुऔषध बरामद

वीरगंज, ६ जेठ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। भारतबाट.....

शिक्षकको पारिश्रमिक व्यवस्थापनको लागि मनोज ग्याँसद्वारा आर्थिक सहयोग

वीरगंज, ८ जेष्ठ । मनोज ग्याँस उद्योग प्रालिले सखुवा प्रसौनी गाउँपालिका–५ स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालय,.....

वीरगंज महानगरको जनसम्पर्क सल्लाहकारमा मिश्र

वीरगंज, ०८ जेठ । वीरगंज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्क सल्लाहकारमा निरन्जन मिश्रलाई नियुक्त गरेको छ । बिहीवार महानगर प्रमुख राजेशमान.....