दुई किलो अफिमसहित दुईजना पक्राउ

वीरगंज, २१ फागुन ।
बारा प्रहरीले २ किलो ४१ ग्राम लागू औषध अफिमसहित २ जनालाई पक्राउ गरेको छ ।
सूचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय अमलेखगंजका प्र.ब.ना.नि.टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडाबाट वीरगज जाँदै गरेको बा. प्रदेश ०३–००३ प ३१२६ नम्बरको पल्सर मोटरसाइकलको सिटमुनीबाट २ किलो ०४१ ग्राम अफिमको चारवटा प्याकेट बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
प्रहरीले चालक मकवानपुर जिल्ला राक्सिराङ गा.पा.वडा नं. १ बस्ने वर्ष २७ को सुनिल मोक्तान र मोटरसाइकलको पछाडि बस्ने भीमफेदी गा.पा. वडा नं. ३ बस्ने वर्ष २० को हर्क रूम्बालाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडी बढाएको जिप्रका, बाराले जनाएको छ ।

Live

Listen Live FM

सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्न नेपाली सेनाको अनुरोध

काठमाडौँ, २४ भदौ : नेपाली सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित.....