गहवामाई, गीता मन्दिर र महावीर मन्दिरको विवरण सात दिनभित्र बुझाउन महानगरको पत्राचार

वीरगंज, २१ फागुन । वीरगंज महानगरपालिकाले यहाँका धार्मिक आस्थाका केन्द्रहरूमा देखिएको बेथितिको जाँचबुझ गर्न आवश्यक विवरण माग्दै ती धार्मिक केन्द्रहरूलाई पत्र पठाएको छ ।
महानगर प्रमुख राजेशमान सिंहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै धार्मिक केन्द्रहरूको सञ्चालनमा पारदर्शिता नभएको र आर्थिक व्यवस्थापनमा अनियमितता हुनसक्ने आशंका व्यक्त गर्नु भएको थियो । उहाँले धार्मिक स्थलहरूको सुशासन, पारदर्शिता र कानुनी व्यवस्थापन सुनिश्चित गर्न कदम चाल्नु आवश्यक रहेको बताउनुभएको छ ।
यसै सन्दर्भमा, महानगरपालिकाले वीरगंजमा रहेका मठ, मन्दिर, चैत्य, गुम्बा, मस्जिदलगायत धार्मिक संस्थाहरूलाई ७ दिनभित्र आवश्यक विवरण बुझाउन पत्र काटेको छ । पत्रमा मन्दिर तथा धार्मिक स्थलहरूको सञ्चालक समिति गठन प्रक्रिया, समितिको विस्तृत विवरण, मन्दिर दर्ताको प्रमाणपत्र, दर्ता भएको निकाय, मन्दिरको विधान, आम्दानी/खर्च विवरण, बैंक स्टेटमेन्ट, खाता नम्बर र सम्बन्धित बैंकको नाम पेश गर्न अनुरोध गरिएको छ ।
महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकारका अनुसार, धार्मिक सम्पदाहरूको पारदर्शी व्यवस्थापनका लागि महानगरले विशेष ऐन समेत तयार पारेको छ । उहाँका अनुसार, गहवामाई मन्दिर, महावीर मन्दिर, गीता मन्दिर लगायतका प्रमुख धार्मिक केन्द्रहरूमा पत्र पठाइएको छ भने अन्य धार्मिक स्थलहरूको विवरण संकलनको तयारी भइरहेको छ ।
‘महानगरभित्र रहेका सबै सम्प्रदायका धार्मिक स्थलहरू पारदर्शी र व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्छ,’ ताम्राकारले भन्नुभयो, ‘त्यसैले हामी कडाइका साथ यस प्रक्रियालाई अघि बढाइरहेका छौं ।’ यो कदमले वीरगंजका धार्मिक स्थलहरूलाई आर्थिक र प्रशासनिक रूपमा व्यवस्थित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । साथै, श्रद्धालुहरूको विश्वासलाई मजबुत बनाउँदै धार्मिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने महानगरको योजना रहेको छ ।

Live

Listen Live FM

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक.....

वीरगंजमा पानीको हाहाकारः महानगरपालिकाद्वारा ट्याङ्करमार्फत पानीको आपूर्ति शुरू

वीरगंज, २४ असार । वीरगंजमा पानीको चरम अभाव देखिएपछि वीरगंज महानगरपालिकाले ट्याङ्कर र ट्याङ्कीमार्फत पानी वितरण शुरू गरेको छ ।.....

जनमत पार्टीद्वारा तीनवटै तहका सरकारसंग पानी माग

वीरगंज, २५ असार । महिला जनमत संघ पर्साले आज वीरगंजको घन्टाघरमा जल सत्याग्रह कार्यक्रम गरेको छ । ‘पानी देउ या.....

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा.....