दाइजोविना विवाह गर्ने दुई जोडी सम्मानित

वीरगंज, २० फागुन । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१७ अलौमा दाइजोविना विवाह गर्ने दुर्ई जोडीलाई दुर्ई संस्थाले सम्मान गरेको छ ।
बाराको महागढीमाई नगरपालिका वडा नं १ बरियारपुर निवासी तथा राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाराका बरिष्ठ अनुसन्धान सहायक बिकाश कुमार साह पर्साको वीरगंज महानगरपालिका वडा नं १७ अलौ निवासी डा. रिमा साह संग दाइजो बिना फाल्गुन १८ गते विवाह गरेका थिए ।
दाइजोको लागि छोरीलाई यातना, मानसिक तनाव दिने समाजमा दाईजो मुक्त विवाह गरी समाजमा उदाहरण पेश गरेको उक्त जोडीलाई दाईजो एवं सामाजिक कुरीति बिरूद्ध जागरण मञ्च वीरगंज र बाल विवाह एवम् दाइजो उन्मुलन अभियानले विवाह मण्डपमै पुगेर सम्मान गरेको थियो।
दाईजो एवम् सामाजिक कुरीति बिरूद्ध जागरण मञ्च वीरगंज पर्साका उपाध्यक्ष प्रकाश थारू, सचिव मनोज कुमार मिश्रा, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, संचारकर्मी अभिलाष गुप्ता र कन्हैया पटेलले दोसल्ला र माला ओढाई सम्मान पत्रद्वारा सम्मानित गरेको थियो ।

Live

Listen Live FM

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक.....

वीरगंजमा पानीको हाहाकारः महानगरपालिकाद्वारा ट्याङ्करमार्फत पानीको आपूर्ति शुरू

वीरगंज, २४ असार । वीरगंजमा पानीको चरम अभाव देखिएपछि वीरगंज महानगरपालिकाले ट्याङ्कर र ट्याङ्कीमार्फत पानी वितरण शुरू गरेको छ ।.....

जनमत पार्टीद्वारा तीनवटै तहका सरकारसंग पानी माग

वीरगंज, २५ असार । महिला जनमत संघ पर्साले आज वीरगंजको घन्टाघरमा जल सत्याग्रह कार्यक्रम गरेको छ । ‘पानी देउ या.....

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा.....

चित्रगुप्त समितिको अक्षयकोषमा ५ लाख सहयोग

वीरगंज, ७ साउन । गरीब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका एक चित्रांश.....