सामुदायिक छपकैयाद्वारा चामल वितरण

वीरगंज, १९ फागुन । सामुदायिक सेवा केन्द्र छपकैया तथा राइजिङ वीरगंज नेपालको पहलमा मुस्लिम समुदायको महान पर्व रोजाको अवसरमा २ सय बोरा चामल वितरण गरिएको छ ।
कार्यक्रममा ३ लाख २० हजार मूल्य बराबरको चामल वितरण गरिएको सामुदायिक प्रहरी सेवा छपकैयाका अध्यक्ष हाजी गयासुदिन ठकुराईले जानकारी गराए ।
कार्यक्रममा रोजाको शुभ अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत गरिब तथा बिपन्न परिवारलाई मद्दत गर्न कार्यक्रमको आयोजना गरिएको अध्यक्ष ठकुराईले बताए ।
कार्यक्रममा मुस्तफा, चामल दाता मरियम लेदरका प्रबन्धक फारूख ज्याल खुरैसी, अभिलाषकुमार गुप्ता, साहेब हुसैन, ज्याहुल हक, कोषाध्यक्ष प्रेम कुमारी सिंह, सहसचिव मदन गुप्ता, वरिष्ठ उपाध्यक्ष अब्दुल हक, बृज भूषण पाण्डे, शिव संकर पन्डित, सोलाजिम मियाँ लगायतको उपस्थिति रहेको थियो ।

Live

Listen Live FM

वीरगंजमा पहिलो कायस्थ सुपर सिक्स नकआउट प्रतियोगिता हुने

वीरगंज ३० असोज । चित्रांश यूथ टिम वीरगंजको आयोजनामा चित्रगुप्त समिति वीरगंजले पहिलो कायस्थ सुपर सिक्स नकआउट प्रतियोगिता–२०८२” आयोजना गर्ने.....

ठगी तथा अवैध वित्तीय कारोबार गरेको आरोपमा तीन जना पक्राउ

वीरगंज, २७ कात्तिक । ठगी तथा अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्साले तीन जनालाई पक्राउ गरेको.....