दोस्रो वीरगन्ज गोल्डकपको उदघाटन खेलमा वीरगन्ज युनाईटेड क्लब विजयी

वीरगन्ज,१७ फागुन / आजदेखि सुरु भएको दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीतामा आयोजक वीरगन्ज युनाईटेड क्लब वीरगन्जले विजयी सुरुवात गरेको छ ।
आर्दशनगर रंगशलामा जारी प्रतियोगीताको उद्घाटन खेलमा वीरगन्ज युनाईटेड क्लबले १–० गोलअन्तरले गरवाल डाइमण्ड फुटबल क्लब दिल्लीलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।
खेलको ५२ औ मिनेटमा गरवाल डाइमण्ड फुटबल क्लबका खेलाडी सन्दिप रानाले आत्मघाती गोल गरेपछि वीरगन्ज युनाईटेड क्लबले अग्रता पाएको हो ।
खेलमा फर्कन निरन्तर प्रयास गरेको गरवाल डाइमण्ड फुटबल क्लबले अन्तिम सम्म पनि सकेन । खेलको म्यान आफ दि म्याच वीरगन्ज युनाईटेड क्लबका खेलाडी विपिन मगर घोषित भएका थिए ।
भोलीको खेल सहलेश फुटबल क्लब सिरहा र संकटा फुटबल क्लब काठमांडौ बिच हुनेछ । प्रतियोगितामा राष्ट्रिय स्तरका आठ फुटबल टिमको सहभागिता जनाउने छन ।
अब प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती यूथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिराहा र आयोजक वीरगन्ज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगन्ज महानगरपालिका रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माण गरीएको छ । अस्थायी प्याराफिटमा करिब दुई हजारभन्दा धेरै दर्शन घट्ने क्षमता रहेको छ भने ग्राउन्डमा अन्य तीन हजारभन्दा धेरै दर्शक अट्ने क्षमता रहेको छ । खेलको उदघाटन वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले गरेका थिए ।

Live

Listen Live FM

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक.....

वीरगंजमा पानीको हाहाकारः महानगरपालिकाद्वारा ट्याङ्करमार्फत पानीको आपूर्ति शुरू

वीरगंज, २४ असार । वीरगंजमा पानीको चरम अभाव देखिएपछि वीरगंज महानगरपालिकाले ट्याङ्कर र ट्याङ्कीमार्फत पानी वितरण शुरू गरेको छ ।.....

जनमत पार्टीद्वारा तीनवटै तहका सरकारसंग पानी माग

वीरगंज, २५ असार । महिला जनमत संघ पर्साले आज वीरगंजको घन्टाघरमा जल सत्याग्रह कार्यक्रम गरेको छ । ‘पानी देउ या.....

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा.....

चित्रगुप्त समितिको अक्षयकोषमा ५ लाख सहयोग

वीरगंज, ७ साउन । गरीब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका एक चित्रांश.....