महिला सशक्तीकरणका लागि अनुपम अभियान

वीरगंज, १३ फागुन । अन्तर–पुस्ता महिलावादी मञ्चको देशव्यापी अनुपम अभियान २०२४ अन्तर्गत वीरगंजमा ¥याली प्रदर्शन गरिएको छ । वीरगंजको घण्टाघरबाट निस्किएको र्याली नगर परिक्रमा गर्दै पुनः घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो । अनुपम अभियान नेपालभर महिला सशक्तिकरणका लागि चलाइएको अभियान रहेको कार्यक्रममा सहभागीहरुले जानकारी गराएका थिए । अभियानले महिलाको स्वाभिमान, आत्मनिर्भरता तथा समानताको पक्षमा आवाज उठाउँदै आएको जनाएको छ । मधु राणाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका महिलाहरू सहभागी भएका थिए । नेपाल पत्रकार महासंघ, पर्साको सहकार्यमा तथा मध्य नेपालको सहयोगमा आयोजना गरिएको कार्यक्रममा पबित्रा जयसवाल, ममता चौधरी, करिमा बेगम, सुषमा तिवारी, गुड्डी जोशी, हेमा थापालगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको समापन कविता खड्काले गरेकी थिइन् भने सञ्चालन लक्ष्मी खरेलले गरेकी थिइन ।

Live

Listen Live FM

ठगी तथा अवैध वित्तीय कारोबार गरेको आरोपमा तीन जना पक्राउ

वीरगंज, २७ कात्तिक । ठगी तथा अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्साले तीन जनालाई पक्राउ गरेको.....

एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

काठमाडौँ, १ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको.....