मधेश प्रदेशमा अपराध अनुसन्धान प्रभावकारी बनाउन छलफल

जनकपुर, १३ फागुन । मधेश प्रदेशमा अपराध अनुसन्धानसम्बन्धी समस्याहरूको समीक्षा गर्दै समाधानका उपायहरू खोज्न जनकपुरमा प्रदेश स्तरीय समीक्षात्मक गोष्ठी सम्पन्न भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको आयोजनामा तथा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको सहकार्यमा आयोजित उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। साथै, मधेश प्रदेश प्रहरी कार्यालयका डिआईजी तथा विभिन्न जिल्लाका प्रहरी प्रमुखहरूको विशेष सहभागीता रहेको थियो। जनकपुरको धनुषास्थित रोयल प्यालेस होटल, मुजेलियामा सम्पन्न गोष्ठीमा अपराध अनुसन्धानका वर्तमान चुनौती, प्रभावकारी अनुसन्धानका उपाय तथा भविष्यका रणनीतिहरूवारे गहन छलफल गरिएको थियो। सहभागीहरूले मधेश प्रदेशमा अपराध नियन्त्रण तथा अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन विभिन्न महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरे। कार्यक्रममा अपराध अनुसन्धानका नयाँ प्रविधिहरूको प्रयोग, अनुसन्धान प्रक्रियामा आधुनिक प्रवृत्तिको समावेशीकरण तथा प्रहरी प्रशासन र स्थानीय समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको थियो। साथै, अनुसन्धानका क्रममा देखिएका कानुनी तथा प्राविधिक समस्याहरूको सम्बोधन गर्दै अनुसन्धान प्रणालीलाई वैज्ञानिक र व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो। गोष्ठीबाट प्राप्त सुझाव तथा छलफलका निष्कर्षहरूलाई कार्यान्वयनमा ल्याई मधेश प्रदेशमा शान्ति सुरक्षालाई अझ प्रभावकारी बनाइने अपेक्षा गरिएको छ।

Live

Listen Live FM

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ, एक फरार

बैशाख २८, वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले जबरजस्ती करणीको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । बाराको प्रसौनी.....

सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागुऔषध बरामद

वीरगंज, ६ जेठ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। भारतबाट.....

शिक्षकको पारिश्रमिक व्यवस्थापनको लागि मनोज ग्याँसद्वारा आर्थिक सहयोग

वीरगंज, ८ जेष्ठ । मनोज ग्याँस उद्योग प्रालिले सखुवा प्रसौनी गाउँपालिका–५ स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालय,.....

वीरगंज महानगरको जनसम्पर्क सल्लाहकारमा मिश्र

वीरगंज, ०८ जेठ । वीरगंज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्क सल्लाहकारमा निरन्जन मिश्रलाई नियुक्त गरेको छ । बिहीवार महानगर प्रमुख राजेशमान.....

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन पार्क अब नयाँ नाम, नयाँ रुप र नयाँ सुविधासहित “शंखधर शाख्व:.....