नवौं प्याब्सन जुनियर फुटबल प्रतियोगिताको उपाधि लिटिल फ्लावरलाई

वीरगंज, १२ फागुन । नवौं प्याब्सन अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगिताको उपाधि लिटिल फ्लावर माविले जितेको छ । नवदीप र लिटिल फ्लावर माविबीच आज भएको अन्तिम खेलमा ३–० गोलले लिटिल फ्लावर मावि विजयी भएको हो । विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा बरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष शुशिला साह,नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनाल,वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, प्रेस सेन्टर नेपालका मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकोटे मगर, सामाजिक अभियन्ता प्रकाश थारू, शिक्षक सुलभ केसीलगायतकाहरूको उपस्थित थियो । प्रतियोगितामा नवदीप एकेडेमी दोस्रो, ठोरी एकेडेमी तेस्रो र ज्ञानज्योती माविले सान्त्वना हासिल गरेका छन् ।

Live

Listen Live FM

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक.....

वीरगंजमा पानीको हाहाकारः महानगरपालिकाद्वारा ट्याङ्करमार्फत पानीको आपूर्ति शुरू

वीरगंज, २४ असार । वीरगंजमा पानीको चरम अभाव देखिएपछि वीरगंज महानगरपालिकाले ट्याङ्कर र ट्याङ्कीमार्फत पानी वितरण शुरू गरेको छ ।.....

जनमत पार्टीद्वारा तीनवटै तहका सरकारसंग पानी माग

वीरगंज, २५ असार । महिला जनमत संघ पर्साले आज वीरगंजको घन्टाघरमा जल सत्याग्रह कार्यक्रम गरेको छ । ‘पानी देउ या.....

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा.....

चित्रगुप्त समितिको अक्षयकोषमा ५ लाख सहयोग

वीरगंज, ७ साउन । गरीब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका एक चित्रांश.....