शिवम इम्पोरियमको गोदाममा छापाः लाखौंको कपडा बरामद

वीरगंज, १२ फागुन । वीरगंजको आदर्शनगर चाचान मार्केट स्थित शिवम इम्पोरियममा सशस्त्र प्रहरी र वीरगंज भन्सारको संयुक्त टोलीले छापामारी ठूलो मात्रामा कपडा बरामद गरेको छ । सूचनाको आधारमा गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटेको टोलीले शिवम इम्पोरियमबाट भन्सार छलीका कपडा बरामद गरेको बताइन्छ । इम्पोरियमको गोदामबाट ५० बोरा भन्दा बढी कपडा बरामद र सोको मूल्य ३० लाख भन्दा बढी रहेको सशस्त्र प्रहरीले जनाएको छ । हिजो साँझ तस्करी गरी कपडा उक्त गोदाममा राखिएको र सूचनाको आधारमा छापामारी गरिएको सशस्त्र प्रहरी प्रमुख राधेश्याम धिमालले जानकारी गराएका छन् ।

Live

Listen Live FM

वीरगंजमा पहिलो कायस्थ सुपर सिक्स नकआउट प्रतियोगिता हुने

वीरगंज ३० असोज । चित्रांश यूथ टिम वीरगंजको आयोजनामा चित्रगुप्त समिति वीरगंजले पहिलो कायस्थ सुपर सिक्स नकआउट प्रतियोगिता–२०८२” आयोजना गर्ने.....