कर्मचारी मिलन केन्द्र पर्साको अध्यक्षमा मल्लिक

वीरगञ्ज,(पर्सा) ९ फागुन ।
कर्मचारी मिलन केन्द्र पर्साको वार्षिक साधारणसभा तथा अधिवेशनबाट जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरेको छ । केन्द्रको शनिबार भएको वार्षिक साधारणसभा तथा अधिवेशनले मल्लिकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादव महिला उपाध्यक्षमा नेपाल बीमा प्राधिकरण मधेश प्रादेशिक कार्यालय प्रमुख प्रिति देव रहनुभएको छ । त्यस्तै सचिवमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दीपककुमार पटेल चयन हुनुभएको छ । सहसचिवमा राष्ट्रिय समाचार समिति वीरगञ्ज कार्यालयका प्रमुख हिमाल लम्साल हुनुहुन्छ । कोषाध्यक्षमा कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका कोष नियन्त्रक सन्तोषप्रसाद कुशवाह रहनुभएको छ । सदस्यमा यान्त्रिक व्यवस्थापन कार्यालयका पर्साका इन्जिनयर सुरेश प्रसाद, नेपाल बैंक लिमिटेडका शाखा प्रबन्धक रञ्जनकुमार केशरी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक अमृत बस्नेत, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत अन्जनी मण्डल, वीरगञ्ज महानगरपालिका इन्जियर राकेशप्रसाद साह र साल्ट टे«डिङ्ग कर्पाेरेसन लिमिटेडका सूचना अधिकारी सञ्जयकुमार गुप्ता रहनुभएको छ । त्यस्तै एक सदस्य भने पछि मनोनित गर्न बताइएको छ ।
केन्द्रको सल्लाहकारमा जिल्ला प्रमुख न्यायाधीश दिपक खनाल, न्यायाधीश उत्तम सिलवाल, आनन्द श्रेष्ठ, उपेन्द्रकेशर खनाल,रुद्र सुवेदी रहनुभएको छ । त्यस्तै केन्द्रको संरक्षकमा भने जिल्ला प्रशासन कार्यालयका प्रजिअ गणेश अर्याल रहनुभएको छ । पर्सा जिल्ला अदालतका प्रमुख न्यायाधीश दिपक खनालले राष्ट्रसेवक कर्मचारी स्थायी सरकार भएकाले पनि रचनात्मक र सिर्जनशिल कार्य गर्न अनुरोध गर्नुभएको छ । कर्मचारी मिलन केन्द्र,पर्साको आज यहाँ आयोजित वार्षिक साधारणसभा तथा अधिवेशनमा बोल्दै न्यायाधीश खनालले फरक–फरक जिल्लाबाट आएर कार्य गर्दै आएका राष्ट्रसेवक कर्मचारीलाई इमान्दारीपूर्वक कार्यसम्पादन गर्न आग्रह गर्नुभयो ।‘फरक–फरक भूगोलबाट आएर कर्मचारीहरुले यहाँ काम गर्दै आइरहनुभएको छ,’’ उहाँले भन्नुभयो,‘‘आफ्नो कार्यालयका सेवाग्राहीलाइृ ध्यान दिदैँ काम गर्न अनुरोध गर्दछु ।’’ न्यायाधीस खनालले कर्मचारी मिलन केन्द्रले पनि विभिन्न रचनात्मक कार्यक्रम गर्दै अघि बढ्नका लागि शुभकामना व्यक्त गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पेशागत हकहितको साथसाथै आफ्नो जिम्मेवारी पनि प्रभावकारी ढंगले गर्न आग्रह गर्नुभयो ।‘‘कार्यालयले सेवाग्राहीको सहज र सरल ढंगले काम गर्दै जनताको मन जित्ने गरी काम गर्न निर्देश गर्दछु,’’ उहाँले भन्नुभयो,‘‘कर्मचारी मिलन केन्द्र जिल्ला भरि रहेका कर्मचारीहरुको साझा चौतारीको रुपमा अघि बढाउन जरुरी रहेको छ ।’
केन्द्रका नवनिर्वाचित अध्यक्ष मल्लिकले केन्द्रले रचनात्मक र सिर्जनशिल कार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । केन्द्रका निवर्तमान अध्यक्षले राकेशकुमार झाले केन्द्रका वार्षिक गतिविधि र कार्यप्रगति प्रस्तुत गर्नुभएको थियो ।

Live

Listen Live FM

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ, एक फरार

बैशाख २८, वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्साले जबरजस्ती करणीको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । बाराको प्रसौनी.....

सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागुऔषध बरामद

वीरगंज, ६ जेठ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। भारतबाट.....

शिक्षकको पारिश्रमिक व्यवस्थापनको लागि मनोज ग्याँसद्वारा आर्थिक सहयोग

वीरगंज, ८ जेष्ठ । मनोज ग्याँस उद्योग प्रालिले सखुवा प्रसौनी गाउँपालिका–५ स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालय,.....

वीरगंज महानगरको जनसम्पर्क सल्लाहकारमा मिश्र

वीरगंज, ०८ जेठ । वीरगंज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्क सल्लाहकारमा निरन्जन मिश्रलाई नियुक्त गरेको छ । बिहीवार महानगर प्रमुख राजेशमान.....

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन पार्क अब नयाँ नाम, नयाँ रुप र नयाँ सुविधासहित “शंखधर शाख्व:.....