सामुदायिक सेवा केन्द्र मुर्लीद्वारा बिदाइ तथा सम्मान कार्यक्रम

वीरगंज, ९ फागुन । सामुदायिक सेवा केन्द्र मुर्ली, श्रीपुरले शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रहरी हवल्दार सुभाष प्रसाद यादवको बिदाइ तथा प्रहरी सहायक हवल्दार सुरेन्द्र कुमार यादवको स्वागत कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रह सुभाष प्रसाद यादवलाई मायाको चिनोसहित टीका, खाँदा लगाएर केन्द्रका सचिव कुलनारायण (दिलीप) प्रधानले बिदाइ गरेका थिए भने प्रसह सुरेन्द्र यादवलाई अबिर टीका लगाई, दोसल्ला ओढाएर स्वागत गरेका थिए ।
केन्द्रकी उपाध्यक्ष रेखा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ सल्लाहकार डा ज्योतिप्रकाश दुवे, सहकोषाध्यक्ष राधा शर्मा, सदस्य मधु सिंह राजपूत, विपिन घिमिरे, समाजसेवी गणेश थापा, वीरगंज न्युरो रिसर्च हेल्थकेयरको प्रशासन शाखाका प्रमुख सुमन कार्की, ग्रामीण विकास बैंकका लेखापाल राजेन्द्र कपाडी, केन्द्रकी प्रहरी सहायक हवल्दार लालुमाया महतो, प्रहरी जवान अभिषेक रायलगायतको सहभागिता थियो ।

Live

Listen Live FM

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन पार्क अब नयाँ नाम, नयाँ रुप र नयाँ सुविधासहित “शंखधर शाख्व:.....

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि.....

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै.....

लुटपाट प्रयास गर्ने दुर्ई जना पक्राउ

रौतहट, २९ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले लुटपाटमा संलग्न रहेको आरोपमा दुर्ई जनालाई पक्राउ गरेको जनाएको छ । यमुनामाई.....