एमाले नेता साहद्वारा सुर्जाहामा कल्भर्टको शिलान्यास

वीरगंज, ८ फागुन ।
नेकपा एमालेको पकहाँमैनपुर गाउँँपालिका कमिटी अध्यक्ष अकलेश कुमार साहले सुर्जाहामा कल्भर्टको शिलान्यास गरेका छन् ।
अखिल नेपाल पिछावर्ग महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका नेता साहले कल्भर्टको शिलिन्यास गरेका हुन ।

 

सुर्जाहामा पर्ने सो कल्भट बिगतको लामो समय देखि अलपत्र रहेको हुँदा आर्थिक सहयोग जुटाएर कल्भर्ट निर्माण कार्य शुरु गरिएको रामसेवक पाण्डेले जानकारी दिए । उनले पालिकाका जनप्रतिनिधिलाई बारम्वार घचघचाउदा पनि पालिकाका जनप्रतिनिधिहरू कुनै चासो नदेखाएको बताए ।

 

पर्सा जिल्लामा सामाजिक अभियन्ताको नामले परिचित युवा नेता साहले २०८४को निर्वाचनमा पकहाँमैनपुर गाउँँपालिकाको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी समेत घोषण गरिसके छन । उनि पछिल्लो समयमा सामाजिक कार्य निरन्तर गर्दै आएका छन, भने नेकपा एमाले जनताको पार्टीको हो र जनताको हरेक सुख दुखमा साथ दिने एमाले पार्टी रहेको भन्दै आफु सदैव सामाजिक कार्यमा अग्रसर रहेको दावी गरेका छन ।
दुर्ई लाख लागत रहेको कल्भर्टको एमालेका वडा कमिटि अध्यक्ष पाण्डे र वडा स्तरिय नेता कार्यकर्ताहरूको निजी सहयोगबाट निमार्ण कार्य शुरू भएको युवा नेता साहले जानकारी दिएका छन ।

Live

Listen Live FM

सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्न नेपाली सेनाको अनुरोध

काठमाडौँ, २४ भदौ : नेपाली सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित.....